कानूनी ज्ञापन-पत्र LI02



विदेश विभाग
इजाजतपत्रसम्बन्धी उजुरी समाधान प्रक्रिया

विदेश विभागलाई इजाजतपत्र दिने विभिन्न किसिमका पेशाहरूको नियमन गर्ने संवैधानिक अधिकार प्रदान गरिएको छ। यिनीहरूमा अचल सम्पत्ति दलालहरू र विक्रेता, निजी अनुसन्धानकर्ता, तथा सुरक्षा गार्ड कम्पनीहरू, हजाम तथा सौन्दर्यकर्मीहरू, नोटरी पब्लिकहरू, अलार्म इन्स्टलरहरू, श्रवण यन्त्र थोक विक्रेताहरू र अचल सम्पत्ति मूल्याङ्कनकर्ताहरू पर्दछन्। विदेश विभागद्वारा इजाजतपत्र प्रदान गरिएका व्यक्तिहरू वा व्यवसायहरू जनतालाई बेइमान वा असक्षम व्यक्ति वा व्यवसायबाट सुरक्षित राख्न बनाइएका विभिन्न कानून तथा नियमहरूको अधीनमा रहनेछन्। विदेश विभागले इजाजतपत्रधारीहरू र इजाजतपत्र नभएका व्यवसायीहरू उपर परेका उजुरीहरूको अनुसन्धान गर्न सक्छ र सुनुवाइ पछि वा सहमतिमा इजाजतपत्र खारिज गर्न वा देवानी वा फौजदारी अभियोगमा उजुरीहरू महान्यायाधिवक्ता समक्ष प्रस्तुत गर्न सक्छ।

उजुरी
आफू विदेश विभागको बेइमान वा असक्षम इजाजतपत्रधारीको शिकार भएको छु भन्ने ठान्ने व्यक्ति, वा इजाजतपत्र नभएको कोही व्यक्ति वा व्यवसाय विदेश विभागले नियमन गर्ने पेशा वा व्यवसायहरूमा संलग्न छ भनी थाहा भएको व्यक्तिले विदेश विभागलाई उजुरी दायर गर्न सक्छन्। विदेश विभागलाई सम्पर्क गरेर उजुरी फारामहरू प्राप्त गर्न सकिन्छ।
एक पटक लिखित उजुरी प्राप्त भइसकेपछि, उक्त उजुरीमा विदेश विभागको कार्यक्षेत्र तथा आरोपित गैरकानूनी वा अनुचित आचरण अन्तर्गत पर्ने विषयवस्तु समावेश छ भनी सुनिश्चित गर्न त्यसको समीक्षा गरिन्छ।
उजुरी विदेश विभागको कार्यक्षेत्र भित्र पर्दछ अनि उजुरी गलत आचरणको आरोप लगाइएको छ भन्ने मानेर, इजाजतपत्रधारीलाई उजुरीको एउटा प्रतिलिपि पठाइन्छ र इजाजतपत्रधारीलाई जवाफ पठाउन आग्रह गरिन्छ। प्रायः इजाजतपत्रधारी समस्या आउँछ भन्ने बारे सचेत नहुन सक्छ र एक पटक उसको सामु समस्या आइसकेपछि, यसको चाँडै र अनौपचारिक रूपमै समाधान गरिन्छ। इजाजतपत्र नलिइ गरिने गतिविधि जस्ता कतिपय उजुरीहरूका लागि, प्रभावकारी अनुसन्धान गर्न सुरूमै उजुरीको प्रति प्रदान नगर्न आदेश दिइन्छ।


जाँच
यदि इजाजतपत्रधारीले उजुरीका सम्बन्धमा जवाफ पठाएको छैन वा तत्काल समाधान खोजिएन भने, साक्षीबाट सबै सम्बन्धित विवरणहरू तथा कागजातहरू सङ्कलन गर्न सो उजुरी विदेश विभागको जाँचकर्तालाई जिम्मा लगाइन्छ। अनुसन्धान पूरा भइसकेपछि, मामिला अनौपचारिक रूपमै समाधान गर्न, तथ्यको अभावमा खारिज गर्न वा थप प्रशासनिक कारवाहीका लागि सिफारिस गर्न सकिन्छ वा सकिँदैन भनी एउटा मूल्याङ्कन गरिन्छ।
यदि उजुरी समाधान भएन भने, यसलाई विभिन्न तरिकाहरूले थप कारवाहीको लागि प्रस्तुत गरिन्छ। यदि आरोपित अनुचित काम सापेक्षिक रूपमा सामान्य छ भने, यसलाई “टिकट उल्लङ्घन” को रूपमा लिन सकिन्छ। टिकट उल्लङ्घनको रूपमा लिइएका विषयवस्तुहरूमा सामान्यतया विदेश विभागको कानून वा नियमको उल्लङ्घन पर्दछ जुन जरिवाना तिरेर समाधान गर्न सकिन्छ। उजुरीमा इजाजतपत्र नलिइ व्यवसाय गरेको आरोप लागेको छ, र अनुसन्धानले पनि त्यही देखाउँछ भने उक्त मुद्दा देवानी वा फौजदारी अभियोगमा महान्यायाधिवक्ता समक्ष प्रस्तुत गरिनेछ। यदि उजुरीमा इजाजतपत्रधारी समावेश छ र कानून वा नियमहरूको गम्भीर उल्लङ्घन भएको छ र/वा उपभोक्तालाई आर्थिक क्षति हुन पुगेको छ भने, उजुरीलाई समाधानका लागि विदेश विभागको मुद्दा-मामिला एकाइमा प्रस्तुत गर्न सकिनेछ।


सुनुवाइ र निर्णय
मुद्दा-मामिला एकाइमा प्रस्तुत भइसकेपछि, विभाग र प्रतिवादीका बीचमा लिखित सहमतीय आदेश मार्फत उजुरीको टुङ्गो लाग्न सक्छ। सहमतीय आदेशले इजाजतपत्रको निलम्बन वा खारिजी, जरिवाना र/वा उपभोक्तालाई क्षतिपूर्ति दिने जस्ता आदेशहरू दिन सक्छ। यदि मुद्दा सहमतीय आदेशद्वारा समाधान हुन सक्दैन, वा एकदमै गम्भीर प्रकृतिको गैरकानूनी गतिविधि भएको छ भने, विदेश विभागको उजुरी इजाजतपत्रधारीको विरूद्धमा तयार गरिन्छ र मुद्दाको सुनुवाइ गर्ने समय तय गरिन्छ।
यो सुनुवाइ कानून र तथ्यले जे देखाउँछ सोही निर्णय गर्ने अधिकार पाएका प्रशासनिक कानून न्यायाधीशको अध्यक्षतामा हुने गर्दछ। सुनुवाइमा उजुरीको खारिजी, इजाजतपत्रको निलम्बन वा खारिजी, जरिवाना र/वा पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने निर्णय हुनसक्छ।
प्रशासनिक कानून न्यायाधीशले निर्णय सुनाइसकेपछि, विदेश विभाग वा इजाजतपत्रधारी मध्येमा जसले पनि सिधै राज्य सचिव सामु प्रशासनिक कानून न्यायाधीशको निर्णयका लागि अपील गर्न सक्नेछन्। अपीलको माग गरिरहेको पक्षले निर्णय प्राप्त गरेको समयदेखि 30 दिन भित्रमा अपील गर्नुपर्दछ।
अपीलमा, विदेश सचिवले रेकर्डमा भएको सबै प्रमाणबारे विचार गर्नेछ र निर्णय सुनिश्चित गर्न, एउटा लिखित छुट्टै निर्णय दिन वा थप कारवाहीका लागि सो विषयवस्तुलाई प्रशासनिक कानून न्यायाधीशलाई पुनः सुम्पिन सक्दछ।
विदेश सचिवले अपीलका सम्बन्धमा निर्णय लिइसकेपछि, इजाजतपत्रधारीले न्यूयोर्क राज्य नागरिक प्रथा कानून तथा नियमहरूको धारा 78 अन्तर्गत न्यूयोर्क राज्यको सर्वोच्च अदालतमा आवेदन दिएर सो निर्णयको न्यायिक समीक्षाको माग गर्न सक्नेछ। प्रशासनिक कानून न्यायाधीशको निर्णयका सम्बन्धमा नागरिक अदालतमा मुद्दा चलाउने प्रयास गर्नुअघि, इजाजतपत्रधारीले विदेश सचिवलाई प्रशासनिक अपील गर्ने आफ्नो अधिकारको प्रयोग गर्नु जरूरी छ। विदेश सचिवलाई अपील गर्न असफल भएमा, इजाजतपत्रधारी वा आवेदक उपलब्ध प्रशासनिक उपायहरू मार्फत समाधान खोज्न असफल भएको छ भन्ने आधारमा नागरिक अदालतको कारवाही रद्द गरिनेछ।
उजुरी समाधान प्रक्रिया अवधिभरि, इजाजतपत्रधारी र उजुरीकर्ताहरू दुबैले उजुरीको स्थिति निर्धारण गर्न वा अनौपचारिक समाधान खोज्ने प्रयास गर्न विदेश विभागलाई सम्पर्क गर्न हिचकिचाउनु हुँदैन।